दफा ११
यथेष्ट आधार देखिएमा तलासी लिने
अन्त:शुल्क लाग्ने वस्तु अन्त:शुल्क छली प्रतिष्ठानबाट निष्काशन गरी वा विदेशबाट पैठारी गरी लिई जान लागेको छ भन्ने मनासिब माफिकको शङ्का लागेमा अन्त:शुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले जुनसुकै व्यक्ति वा सवारी साधनलाई रोक्का गर्न र अन्त: शुल्क तिरेको प्रमाण माग गर्न सक्नेछ । अन्त:शुल्क महसुल तिरेको प्रमाण पेश गर्न नसकेमा अन्त:शुल्क छलेको मानिनेछ ।